लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा ८ को पाठ्यक्रममा समावेश



काठमाडौं ।
लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश भएको छ ।
कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा नक्सा समावेश भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । “लिम्पियाधुरा, कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश भयो,’’ उनले फेसबुकमा लेखेका छन् ।
मिचिएको भूभागसहितको नक्सा संसद्बाट पारित भएपछि नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए । अहिले सोही नक्सा पाठ्यक्रममा समावेश गरिएको हो ।