करिश्माको ‘बनवास’ मा सरोज र कविता बावुछोरीको भिमिकामा



काठमाडौं ।
पछिल्लो समय चलचित्र ‘फागु’ निर्माण गरेकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविता मान्धरलाई लिएर अर्को चलचित्र ‘बनवास’ निर्माण गर्ने भएकी छन् ।
सामाजिक सञ्जालमा आइतवार थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र निर्माण घोषणा गरेकी हुन् । पारिवारिक कथावस्तुलाई समेटेर निर्माण हुने चलचित्रमा सुशिल क्षेत्रीको कथा तथा निर्देशन रहने अभिनेत्री मानन्धरले वताइन ।
बाबु र छोरीको कथामा आधारित चलचित्रमा छोरीको भूमिकामा कविता मानन्धर र बाबुको भूमिकामा अभिनेता सरोज खनाल देखिनेछन् ।