बन्दकर्ताद्धारा गोंगबुमा टाटासुमो तोडफोड


  • बन्दकर्ताद्धारा गोंगबुमा टाटासुमो तोडफोड
  • काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले आज बिहीबार आम हड्ताल गरेको छ । तर, गृहमन्त्रालयले भने हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए । सडकमा भने आज यातायातका साधनहरु कमै मात्रामा गुडेका छन् । विहानैदेखि हड्ताल सफल बनाउन  सडकमा उत्रिएका नेकपाका कार्यकर्ताहरुद्धारा काठमाडौंको गोंगबुमा टाटासुमो तोडफोड भएको छ । नेकपाको प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्ताल उल्लंघन गरेको भन्दै सुमो तोडफोड गरिएको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जनाए अनुसार गोंगवु चोकबाट कपुरधारा जाने बाटोमा ना १ ज ८८५९ नम्बरको सुमो तोडफोड गरिएको छ । उनका अनुसार बन्द गराउने समूहले सुमोको सिसा फुटाएका छन् । दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *