लमजुङमा कोभिडविरुद्धको खोप लगाएका मध्य १७ जनामा समस्या


  • लमजुङमा कोभिडविरुद्धको खोप लगाएका मध्य १७ जनामा समस्या
  • काठमाडौं। लमजुङमा कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए । उनका अनुसार समस्या आएकामध्ये मध्य नेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्वयंसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो । स्वयंसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिए । अन्य १५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्नेलगायतको लक्षण देखिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *