सल्यान कारागारमा रहेका १२२ कैदीबन्दीले लगाए कोभिड-१९ विरुद्धको खोप


सल्यान ।
जिल्ला कारागार सल्यानमा रहेका १२२ कैदीबन्दीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा सल्यान कारागारभित्र रहेका कैदी बन्दीहरुलाई शुक्रबार कोभिडविरुद्धको खोप लगाइएको हो ।
कारगारभित्र रहेका १५४ मध्ये १२२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १०३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलबहादुर केसीले जानकारी दिए ।
कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले खोप दिइएको उनले बताए ।