चट्याङ लागेर रुकुममा श्रीमानको मृत्यु श्रीमती घाइते


  • चट्याङ लागेर रुकुममा श्रीमानको मृत्यु श्रीमती घाइते
  • रुकुम पश्चिम । चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६ का अन्दाजी ४२ वर्षीय भिमबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हाे । शुक्रबार बेलुकी परेको चट्याङ लागेर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चट्याङ लागेका बोहराको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता बोहरा भने घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेकाे छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *