स्टार क्रिकेट २०२१ को उपाधि सुन्तली ‘ए’ ले चुम्यो


  • स्टार क्रिकेट २०२१ को उपाधि सुन्तली 'ए' ले चुम्यो
  • काठमाडौं । गृष्मा ब्रोडकास्टिङ आयोजनामा रंगशाला सहयोगार्थको लागि भएको स्टार क्रिकेट २०२१ प्रतियोगिता उपाधि सुन्तली ए ले जितेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना क्रिकेट मैदानमा भएको फाइनलमा सुन्तली ए ले धुर्मुस ए लाई १ रनले हराउँदै उपाधि जितेका हुन् । सुन्तली ए ले पहिला ब्याटिङ गर्दै १० ओभरमा ९७ रन बनाएको थियो । जितका लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको धुर्मुस ए ले १० ओभरमा ९६ रन मात्र बनाउन सक्यो । सुन्तली ए का बाट नेपाली क्रिकेट टोलीका विकेटकिपर समेत रहेका विनोद भण्डारीले सर्वाधिक १७ रन बनाए । बचन कार्कीले १७ रन जोडे । धुर्मुस ए बाट नेपाली क्रिकेटका युवा विकेटकिपर अनिल कुमार शाहले सर्वाधिक ३३ रन बनाए । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १६ रन बनाए । सुन्तली ए का विनोद भण्डारीले २ र नेपाली महिला क्रिकेटकी उप कप्तान सिता राना मगरले एक विकेट लिइन् । धुर्मुस ए का रबी ओडले एक विकेट लिए । पहिलो खेलमा धुर्मुस ए ले बी लाई ६ रनले हराउँदै फाइनलमा पुगेको थियो । जितका लागि ७० रनको लक्ष्य पछ्याएको बी ६३ रनमा समेटिएको थियो । अर्को खेलमा सुन्तली ए ले बी लाई ७ रनले हराएको थियो । जितका लागि ५८ रनको विजयी लक्ष्य पछ्याएको सुन्तली बी ले ५० रन मात्र बनाउन सक्यो । प्रतियोगितामा नेपाली संगित क्षेत्रका चर्चित गायक प्रमोद खरेल, सुनिल थापा, दयाङ राईको साथै बास्केटबलकी कप्तान सदिना श्रेष्ठ धुर्मुस ए बाट खेलेका थिए । कप्तानी सिताराम कट्टेल (धुर्मुस) ले गरेका थिए । धुर्मुस बी बाट दिपक विष्ट, सुसन भारी, करुण भण्डारी, बद्री पंगेनी, कुमार कट्टेल (जिग्री) अर्जुन घिमिरे (पाडे) र भलिबलकी स्टार खेलाडी रेश्मा भण्डारी खेलेका थिए । सुन्तली ए बाट विनोद, सीतासँगै इन्दु बर्मा, अनिल गुरुङ, रामकृष्ण ढकाल, अनुप विक्रम शाही लगायत खेलेका थिए । सुन्तली बी को कप्तानी संगिना बैध, पृथु बास्कोटा, सुस्मा श्रेष्ठ, सन्दीप क्षेत्री, वर्षा सिवाकोटी, मन्देकाजी श्रेष्ठ लगायत खेलेका थिए । रंगशाला सहयोगको लागि गृष्मा ब्रोडकास्टिङ आयोजना गरेको थियो । (हाम्रो खेलकुदवाट)

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *