भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोष्टमार्टम रिपोर्टवाट पुष्टि



काठमाडौं ।
गत बुधबार विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले उनको शवको पोष्टमार्टम रिपोर्टबाट बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टी भएको बताएको हो । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी उत्तमराज सुवेदीले शवको पोष्टमार्टमबाट बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको रिपोर्ट प्राप्त भएको बताए ।
‘भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्ट आएको छ, टेक्निकल र म्यानुअल सबै पाटोबाट अनुसन्धानलाई तिव्र गतिमा अघि बढाएका छौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी सुवेदीले हाम्राकुरासँग भने ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमाण्डमा शुरुदेखि नै प्रहरी टोली परिचालन हुँदै आएको छ भने सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोलीसमेत खटिएको छ ।
यसैगरी केन्द्रीय अनुसन्धान व्यूरोको टोलीलेसमेत घटनाको अनुसन्धान गरिरहेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी सुवेदीसमेत आइतबार नै घटनास्थलमा छन् ।