पेट्रोलियम पदार्थसंगै एलपी ग्यासमा मुल्य वृद्धि



काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो ।
योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।
यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । निगमका अनुसार एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।