भारतमा गोली हानेर पाँच जनाको हत्या दुई जना घाइते



काठमाडौं, १ फागुन ।
भारतमा गोली हानेर पाँच जनाको हत्या भएको छ । भारतको हरियाणामा शुक्रबार गोली हानेर पाँच जनाको हत्या भएको हो ।
हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।
समाचार एजेन्सी एएनआईका अनुसार घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको छ ।
समाचारमा पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको छ । दृष्टिन्युज