लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने प्रथमलाई २० लाख पुरस्कार



काठमाडौं ।
लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ स्लोगनसहित सुरु हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन आजबाट सुरु भएको छ ।
फागुन १ बाट सुरु डिजिटल अडिसन ८ गतेसम्म सकिने छ । सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का प्रथमले २० लाख, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकका रुपमा बद्री पंगेनी र प्रिती आले रहने छन् ।
प्रतियोगिता नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुने जनाइएको छ ।