जापानमा ७ रेक्टरको शक्तिशाली भूकम्प



काठमाडौं ।
जापानमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै फुकुसिमा प्रान्त केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ भने सुनामीको समेत चेतावनी दिइएको छ । हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।
भूकम्प स्थानीय समयानुसार रातिको ११ बजेर १३ मिनेटमा गएको हो ।