नेपाल प्रहरीले गर्यो दिल्लीवाट महिला र बालकको सफल उद्धार



काठमाडौं ।
इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो ।
उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय नागरिक बिहार दरभंगा बस्ने ललन कुमारले फोनमा आमा र बच्चा आफ्नो नियन्त्रणमा रहेको तथा ज्यान चाहिएमा ७ लाख नेपाली रुपैयाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएको भन्ने पीडितका आफन्तको निवेदन र फोटो सहितको विवरण प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त हुनासाथ पीडितको खोजतलास तथा उद्दारका लागि उक्त शाखाबाट भारतीय प्रहरीसँग आवश्यक समन्वय भएको थियो ।
इन्टरपोल शाखाको समन्वय पश्चात भारतीय प्रहरीले उनीहरूलाई नयाँ दिल्लीबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको इन्टरपोल शाखाले जनाएको छ । घटनाको बारेमा भारतीय प्रहरीले समेत अनुसन्धान गरिरहेको छ । दृष्टिन्युज