भागरथी हत्या आरोपी दिनेशद्धारा बाबुकै अगाडी बलात्कार गरेको स्वीकार



बैतडी ।
बैतडीकी किशोरी भागरथी भट्टलाई आफूले बलात्कार गरेकाे १६ वर्षीय किशोर दिनेश भट्टले स्वीकार गरेका छन् ।
बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले भागरथीलाई बलात्कार गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्या मात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए ।
बिहीबार अभियुक्त दिनेशका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन् ।
स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीलाई बताएका छन् ।