नेकपा प्रचण्ड–माधव समूह केन्द्रीय सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाँदै



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता र हस्ताक्षर सहित निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी बैठकपछि प्रचण्ड–माधव समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएका हुन् । मध्यान्ह १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई नागरिकता सहित उपस्थित हुन भनिएको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् ।
नेकपा विभाजन भएपनि निर्वाचन आयोगले भने दुवै पक्षलाई मान्यता दिएको छैन् । आयोगले नेकपा नफुटेको आशयसहितको निर्णय गर्दा प्रचण्ड–माधव समूह आक्रोशित छ । आफूसँग स्पष्ट बहुमत हुँदा पनि आयोगले आधिकारिकता नदिएपछि यो समूहले केन्द्रीय कमिटीका नेताहरुको नागरिकता र हस्ताक्षर आयोगलाई बुझाउने तयारी गरेको हो ।
यो समूहले आधिकारिकताका माग गर्दै फेरि आयोगमा निवेदन समेत दिएको छ । तर आयोगले सो निवेदनमाथि अध्ययन भइरहेको बताएपनि निर्णय गर्न ढिलाई गरिरहेको प्रचण्ड–माधव समूहका नेताहरुको आरोप छ । दृष्टिवाट