आमाको जन्मदिनमा हिमानी सँगै देखिए युवराज पारस



झापा ।
पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी शाह वर्षाैपछि सँगै देखिएका छन् । पूर्व रानी कोमल शाहको जन्मदिनको अवसरमा दुवै जना सँगै देखिएका हुन् ।
कोमलको जन्मदिन झापाको पाँचतारे होटल मेची क्राउनमा मनाइएको छ । जहाँ पारस समेत उपस्थित छन् । पारसले हिमानीसहितको संयुक्त तस्वीर राखेर फेसकुमा आमालाई जन्मदिनको शुभकामना दिएका छन् । सो फोटोमा उनले बुबा ज्ञानेन्द्र र छोरा हृदयेन्द्रसँग बसेर समेत छुट्टै फोटो खिचाएका छन् ।
पारस र हिमानीबीच केही वर्षयता राम्रो सम्बन्ध छैन । सोही कारण पारस निर्मल निवास बाहिर बस्दथे । पछिल्लो समय सम्बन्ध सुमधुर बनेको छ ।