प्रतिनिधिसभा पुनस्थापनासंगै (नेकपा) प्रचण्ड–माधव समूहद्धारा संसदीय दलको बैठक आव्हान



काठमाडौं ।
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।
आज अपरान्ह ४ बजे बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट फिर्ता बोलाउने यसअघिको निर्णयलाई कायम राख्दै नयाँ नेताका रुपमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि उम्मेदबार बनाउने तयारी गरेको छ ।
यस्तै बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।