सशस्त्र प्रहरीका कमाण्डरहरु धमाधम कारबाहीमा


  • सशस्त्र प्रहरीका कमाण्डरहरु धमाधम कारबाहीमा
  • काठमाडौं । सशस्त्र प्रहरी बल भित्र कमाण्डरहरुले मनपरि कार्यशैली अपनान थालेका खबरहरु बाहिरीका बेला केही ठाउँमा भने धमाधम कार्वाही सुरु गरिएको छ । सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनीले बदमासी गर्ने र संगठनको नीतिविपरीत काम गर्ने आधा दर्जन भन्दा बढी सिनियर अधिकृत लगाएत थुप्रै जुनियर अधिकृत र बिल्लादार जवान समेत कारबाहीमा गरेको खबर सार्वजनिक भएको छ । यस्तै सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले नैसियत पाएका छन । महोत्तरीस्थित बोर्डर आउट पोस्ट सम्सीका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेलाई कमान्डबाट फिर्ता गरेर नसिहत दिइएको स्रोत बताउछ । बारा स्थित बोर्डर आउट पोस्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक किरण केसीलाई सख्त चेतावनी दिइएको छ । बारा स्थित बोर्डर आउट पोस्ट सुवर्णपुरका सशस्त्र प्रहरी निरीक्षक अशोक चालिसेलाई पनि सख्त चेतावनी दिइएको छ । गरी घुमुवा खटाएर रकम असुल्ने महोत्तरी स्थित सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी निरीक्षक नन्दराज राईले सख्त चेतावनीको कारबाही भोगेका छन् । विगतमा पनि काठ काण्डमा मुछिएका राईको हरेक युनिटमा अवैध असुलीमा संलग्नताकाे आराेप लाग्छ । बिओपि खैरबनी महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक सुजन गोलेले समेत सख्त चेतावनीको कारबाही पाएका छन् । बाराकै बिओपी गोलागञ्जका सशस्त्र प्रहरी नायब निरीक्षक अशोक यादव र सशस्त्र प्रहरी सहायक निरीक्षक अखिलेश यादवले क्रमश: ग्रेड रोक्का र बढुवा रोक्काको कारबाही भोगेका छन् । सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बाहिनीको कमाण्ड सम्हालेपछि गलत क्रियाकलाप गर्ने मातहत कर्मचारीमाथि निर्मम ढंगले कारबाही अभियान थालेका छन । घुमुवाको नाममा परिचालित पाँच दर्जनभन्दा बढी सिपाही हवलदार समेत बाहिनी तानिएका थिए । याे अभियानलाई प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले अझै निरन्तरता दिएर संगठन सफा गर्ने जनाएका छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *