वामदेव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे



काठमाडौं, १४ फागुन ।
नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार बोलाएका छन् । उनले केही दिनअघि ओलीको राजीनामा मागेका थिए ।
स्रोतका अनुसार ओलीकै निमन्त्रणमा उनी बालुवाटार पुगेका हुन् । अबको आफ्नो रणनीतिमा उनले वामदेवको साथ खोजेका छन् । वामदेवसँग केही सांसद भएकाले ओलीले उनलाई हात लिन खोजेका छन् । नेकपा विभागमा वामदेव कतै लागेका छैनन् ।