फागुन २३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस


  • फागुन २३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस
  • काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै सरकारले फागुन २३ मा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे हाे । । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने बाध्यता भएकाले २२ वा २३ मै बैठक बस्ने सम्भावना रहेको ति मन्त्रीले बताए । त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने नेकपा केपी शर्मा ओली समूहले तयारी समेत गरेका छन् । उता, नेकपा प्रचण्ड–माधव समूह भने बैठक बोलाएको दिन नै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव संसदमा टेबुल गर्ने रणनीतिमा जुटेका छन् । दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *