स्वस्थानी व्रतकथाको विधिवतरुपमा समापन गरिदै



काठमाडौं ।
एक महिना लिइने श्री स्वस्थानी व्रतकथाको आज विधिवतरुपमा समापन गरिएको छ । यो वर्षको अन्तिम दिन आज शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर व्रत समापन गरेका छन् ।
व्रत अवधिभर शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थान, पशुपति, गौरीघाट, गणेश मन्दिरमा पूजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेका कारण ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । स्वस्थानी व्रतकथा समापनका लागि आज शालीनदीसँगै भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।
महिनाभर स्नान गरी श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाए मनको आकांक्ष पूरा हुने जनविश्वास छ ।
सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउन निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएकोले स्वस्थानी व्रतकथा लिने चलन छ ।