कुलेश्वरमा हुन्डी कारोबार गर्ने तीन जना पक्राउ



काठमाडौं ।
फलफुल पसलको आवरणमा हुन्डी कारोबार गर्ने तीन जना पक्राउ परेका छन् । कुलेश्वरमा फलफुल पसल चलाउने नवराज कार्कीलाई प्रहरीले १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
उनका कामदार सुमन थापा र भारतीय नागरिक सत्य नारायण प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीले उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरेको हो । त्यहाँबाट ठूलो परिणाममा हुन्डी कारोबार हुने गरेको प्रहरीले जनाएको छ ।दृष्टिन्युज