फेरी बढ्यो पेट्रोलियम पदार्थमा मूल्य



काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ ।
वृद्धि भएको मूल्यमा बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ । मागको प्रक्षेपणका आधारमा यो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमा १ अर्ब ३२ करोेड नोक्सान हुन्छ ।