गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार, चालक पक्राउ



काठमाडौं ।
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् । उनका चालक भने पक्राउ परेका छन् ।
अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली खटिएको थियो ।
अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ । अख्तियारको टोलीले आठ लाख रुपैयाँसहित अध्यक्षका चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ । अध्यक्षलाई पनि मुद्दा चलाउने आयोगको तयारी छ ।