सरकारसँग वार्ता गर्न विप्लव समुहले बनायो प्रकाण्डको नेतृत्वमा वार्ता समिति



काठमाडौं ।
प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् ।
पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो ।
यसै सिलसिलामा सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरिसकेको छ । सरकारले वार्ता समिति गठन गरेपछि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो ।