नवलपरासीमा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ



काठमाडौं ।
पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिकाका ती ३८ वर्षीय बाबुले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत दिलीप गिरीका अनुसार छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनी मंसिर ८ गते भारत फरार भएका थिए । ३ महिनापछि घर फर्किएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानबाट आरोपीले छोरी र श्रीमतीलाई धम्क्याउँदै कुट्ने गरेको खुलेको छ ।