शुक्रबार देशभरबाट विप्लवका कार्यकर्ता रिहा हुदै



काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबार सम्म हिरासतबाट रिहा गर्न सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारीले हेरेका मुद्दाका बन्दीलाई छाड्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा छन् । सरकार र विप्लब समूहबीच ३ बुदे सहमति भएको छ।