बालुवाटारमा आज ओली समुहको संसदीय दलको बैठक बस्दै



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली समुहको आज संसदीय दलको बैठक बस्दैछ । ओलीलाई संसदीय दलको नेताबाट प्रचण्ड–नेपाल पक्षले शुक्रबार हटाएर पुष्पकमदल दाहाल (प्रचण्ड)लाई संसदीय दलको नेतामा चयन गरेका थिए ।
ओलीलाई हटाएको भोलिपल्ट आज (शनिबार) ओली समुहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास (बालुवाटार)मा बस्ने भएको हो ।
आफ्ना पक्षमा प्रचण्ड-नेपाल पक्षले १११ सांसद रहेको दाबी गरेको छ भने ओली समूहले पनि ससंदीय दलमा आफ्नै बहुमत रहेको दाबी गर्दै आईरहेको छ ।
प्रधानमन्त्री ओलीले आज बस्ने आफ्नो संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पनि आउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली शुक्रबार साँझ भैंसेपाटीस्थित गौतम निवास पुगेका थिए । ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा निमन्त्रणा गरेका हुन । दृष्टन्युजवाट ।