अदालतको फैसलासंगै व्युँतिए एमाले र माओवादी केन्द्र


  • अदालतको फैसलासंगै व्युँतिए एमाले र माओवादी केन्द्र
  • काठमाडौं । नेकपाभित्र देखिएको विवादकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टी कायम भएका छन् । सर्वोच्च अदालतले आज गरेको फैसलामा भनिएको छ,“निर्वाच्न आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ ।”बाह्रखरीवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *