विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिए


  • विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिए
  • काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको छ । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका विप्लवलाई १० जनाको सुरक्षाकर्मी खटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । गृह मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षाको व्यवस्था गरिएको पराजुलीले जानकारी दिए । भर्खरै शान्ति प्रकृयामा आएकाले सुरक्षा चुनौती हुनसक्ने भन्दै सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटिएको जानकारी दिए । सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *