काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकले बुढानिलकण्ठ स्थित हाट बजारको एक कार्यक्रमकाविच उद्घाटन तथा अवलोकन गर्नुभयो ।

१११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मानव अधिकारको लागि महिला, एकल महिला समूह (WHR) को केन्द्रिय कार्यालय परिसरमा रहेको छहारी भवनमा स्थापित एकल महिला अभियानको अभिलेखिकरण कक्ष (डक्युमेन्टेसन केन्द्र) तथा एकल महिलाहरुद्धारा संचालित हाट बजारको उद्घाटन तथा अवलोकन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा मन्त्री बिकले हरेक महिलाहरु सक्षम र उद्यमशिल हुनुपर्ने बताउदै हरेक क्षेत्रमा महिलाहरुको सहभागिता अनिवार्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख आतिथि राज्यमन्त्री विक, विशेष अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, WHR का अध्यक्ष कुन्दा शर्मा, संस्थापक लिली थापा र राष्ट्रिय मानव अधिकार आयोगका पदााधिकारीको उपस्थीति थियो ।