सरकारी सुरक्षा आवश्यक नरहेको भन्दै विप्लवले फिर्ता पठाए सुरक्षाकर्मी
काठमाडौं ।
सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएपनि उनलेे फिर्ता गरिदिएका छन । सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए।
तर नेकपाका महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षाआवश्यक नरहेको भन्दै फिर्ता पठाएका छन् ।
सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गत हप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले नवलपुर बाट स्कटिङ गर्दै काठमाडौ पुर्याएको थियोे ।
सरकार र नेकपा विच सहमति भए पश्चात् विप्लव राजनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन् ।यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँ बाट सुरक्षा फिर्ता गरेका हुन ।महासचिव विप्लवले जनताको विचमा छु, मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद भन्दै फिर्ता पठाए ।