मिलान र म्यानचेस्टर बाराबरीमा
एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले १–१ गोलको बराबरी खेलेका छन् ।ा
अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले मिलानसँग बराबरी खेल्न बाध्य बनेको हो । ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडका आमद दियालोले गोल गर्दा मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
खेलको १२औं मिनेटमा फ्रान्क केस्सीको गोलले भिएआरबाट मान्यता नपाउदा मिलान अग्रता लिनबाट चुकेको थियो । ५०औं मिनेटमा सब्सिच्युट आमद दियालोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेका आमदले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सिमोन किएरले गोल गर्दै मिलानलाई हारबाट जोगाए । उनले राडे क्रुनिकको पासमा गोल गरेका थिए । यो बराबरीसँगै दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ ।
अवे गोलमा मिलान अघि छ । अब दोस्रो लेगमा यही नतिजा कायम रहे मिलान अवे गोलको आधारमा अघि बढ्नेछ । युनाइटेडलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा १–० को जितको खाँचो छ । दोस्रो लेग १९ मार्चमा हुनेछ । हाम्रोखेलकुद ।