अमिताभ र इमरानको ‘चेहरे’ अप्रिल ९ मा रिलिज हुदै



काठमाडौं ।
बलिउड अभिनेता अमिताभ बच्चन र इमरान हासमी पहिलो पटक एकसाथ पर्दामा देखिएको चलचित्र 'चेहरे’ अप्रिल ९ मा रिलिज हुने भएको छ ।
सिनेमाको टिजरसहित अमिताभले ट्विटरमार्फत चलचित्र 'चेहरे' रिलिजको नयाँ मिति सार्वजनिक गरेका हुन् । बक्स अफिसमा सिंगल रिलिज हो भनेरै ‘चेहरे’ निर्माण टिमले रिलिज मिति अगाडि सारेको बलिउडका मिडियाले उल्लेख गरेका छन् ।
रुमी जाफ्र्रीले निर्देशन गरेको यो चलचित्रमा अमिताभ र इमरानसंगै रिया चक्रावर्तीको मुख्य अभिनय रहेको छ । अप्रिल ३० मा रिलिज गर्ने भनिएको यो चलचित्रलाई निर्माण पक्षले तीन साता अघी (अप्रिल ९) नै रिलिज गर्ने भएको छ ।