नेकपा एमालेमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी विस्तार



काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी खोसेपछि नेपाल खनाल पक्षको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाउन सुरु गरको हो ।
नेपाल खनाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य,गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाइ जिम्मा दिएको छ ।
बैठकले युवा विभागको प्रमुख रघुजी पन्त, विद्यार्थी विभागको प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुखमा योगेश भट्टराई, महिला विभाग प्रमुखमा अष्टलक्ष्मी शाक्यल र बुद्धिजीवी विभागको प्रमुखमा प्रमेश हमाल तोकेको छ ।