दोस्रो तहका नेताहरुको प्रयासमा ओली र नेपाल पक्षबिच धुम्बाराहीमा छलफल सुरु



काठमाडौं ।
महिनौं लामो तिक्तता तोड्दै नेकपा(एमाले)का नेताहरु छलफलमा जुटेका छन् । दोस्रो तहका नेताहरुको प्रयासमा पार्टी कार्यालय धुम्बाराहीमा नेताहरुबीच छलफल सुरु भएको हो ।
यो छलफलले फुटको बाटोतिर लागेको एमालेलाई फेरि एकतातर्फ अघि बढ्ने अपेक्षा कार्यकर्ताले गरेका छन् ।केपी ओली तथा माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु समेत छन् ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् । एउटा रोचक दृश्य के देखिएको छ भने ओली र नेपालसँग छलफलको अंगपंक्तिमा उपाध्यक्ष भिम रावललाई पनि राखिएको छ ।
नेता नेपालको छेउमा रावल तथा ओलीको छेउमा महासचिव ईश्वर पोखरेललाई राखिएको छ । जून रावलका लागि सरप्राइज भएको छ । उनी ओलीका चर्का आलोचकमध्ये एक हुन् ।
नेता माधव नेपाललाई समान हैसियतमा सँगै राख्नु र आलोचक भिम रावललाई समेत यसरी सम्मान गर्नुले अध्यक्ष ओली लचक भइ पार्टीलाई मिलाएर लैजानेतर्फ अघि बढेको देखिन्छ । ओलीले सुरुमा उनीहरुलाई बालुवाटार नै बोलाएका नेपाल पक्षले पार्टी कार्यालयमा भेटघाटको प्रस्ताव गरेका थिए ।
नेपाल पक्षलाई तर्साउने रणनीति असफल हुने देखिएपछि यसरी ओली पक्षले लचिलो भएको स्रोत बताउँछ । दृष्टिन्युज ।