प्रतिनिधिसभाको बैठक चैत ६ गते सम्मको लागि स्थगित



काठमाडौं ।
प्रतिनिधिसभाको बैठक चैत ६ गते सम्म स्थगित भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठक पूर्वसांसद दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्दै चैत ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।
२०७० सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका संविधान सभा सदस्य यादवको १ माघमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।