सहयोद्धाले साथ छोडेपछि एक्लिदै ओली



काठमाडौं ।
सत्तामा पुगेपछि मनपरी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुराना सहयोद्धाले पनि छोडेका छन् । ओलीको असंवैधानिक कदम र सर्वसत्तावादी चरित्रसँग सहमती जनाउँदै आएका पुराना कम्युनिष्ट नेताहरुले ओलीको साथ छोडेका हुन् ।
बुधबार नेकपा एमाले (माधव–झलनाथ समूह)ले ललितपूरको सानेपामा आयोगना गरेको राष्ट्रिय भेलामा ‘झापा विद्रोह’का योद्धाहरु खुलेरै सहभागी भए । मञ्चमै देखिए ।
भेलामा पुराना कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायतका सहभागी भएका छन् ।