देशभर मतदाता संख्या एक करोड ६२ लाख



काठमाडौं ।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् ।
सरकारले निर्वाचन घोषणा गरेपछि अध्यावधिक कार्य स्थगित गरेको थियो । वैशाखका लागि तोकिएको निर्वाचन भने रद्द भइसकेको छ ।
पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरू गर्ने निर्णय आयोगले गरेको छ ।