माधव समूहका सांसद पोखरेल ओली पक्षमा सहभागी


  • माधव समूहका सांसद पोखरेल ओली पक्षमा सहभागी
  • काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली पक्षमा छन् । एमालेका अध्यक्ष तथा दलका नेता समेत रहेका ओलीले शनिबार बोलाएको बैठकमा सहभागी भएका उनी ओली पक्षमा लागेका हुन् । सांसद पोखरेलले अब प्रधानमन्त्री ओलीलाई साथ दिने प्रतिबद्धता जनाउँदै भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागेँ, गल्ती भए माफी पाउँ ।’ उनले नेता नेपालले पार्टी फुटाउन खोजेको समेत आराेप लगाए । ‘उहाँले पार्टी फुटाउन खोज्नुभयो’ पोखरेलले भने । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने ओलीको अभियानलाई साथ दिने उनको भनाइ छ । पोखरेल नेता नेपालको विशवास पात्र मानिन्थे । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *