रुकुम चौरजहारीमा चैत्र २६ गतेबाट दोस्रो बृहत महाेत्सव हुने
रुकुम पश्चिम ।
रुकुम पश्चिम चौरजहारीमा दोस्रो बृहत महाेत्सव हुने भएको छ । नयाँ बर्ष २०७८ लाई मध्यनजर यही गर्दै चैत २६ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म महाेत्सव सञ्चालन हुने महाेत्सव मुल आयाेजक समितिले बताएको छ ।
उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने उदेश्य सहित संचालित महोत्सव कृषि, व्यापार पर्यटन प्रर्वद्धन सांस्कृतिक संरक्षणका लागी हाम्रो अभियान, स्थानीय उत्पादन दिगो अर्थतन्त्र निर्माणमा आत्मनिर्भर, एकताको पहिचान भन्ने मुलनारा राखिएको छ ।
महाेत्सव अवधिभर भेरी नदिमा र्याप्टिङ सञ्चालन गर्ने , चाैरजहारीका पर्यटकिय स्थलहरुकाे अवलोकन गर्न मिल्ने महाेत्सव मुल आयाेजक समिति संयाेजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले शनिवार गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिए । पत्रकार सम्मेलनमा महाेत्सवकाे आकर्षणकाे बिषयमा उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष यदुकुमार आचार्यले जानकारी दिएका थिए ।
गत वर्षको महोत्सव जस्तै यस वर्ष पनी कला संस्कृर्तिको जगेर्ना गर्ने उद्देश्यले नेपालका ख्यातिप्राप्त कलाकारहरूको साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने सांस्कृतिक संयाेजक एल. बि . कटुवालले जानकारी दिए । उनले राष्ट्रिय कलाकारहरुसंग कुरा भैरहेको वताउदै केही दिनभित्रै कलाकारको टुङ्गो लाग्ने समेत बताए ।
चौरजहारी उद्योग वाणिज्य संघ, नगर संगित समुहको संयुक्त आयोजनामा वडा नम्बर २ स्थित रंगशालामा महोत्सव संचालन हुन लागेको हो ।