मनाङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु



काठमाडौं ।
मनाङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ध १ ख ५९२ नम्बरको मालबहाक ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
घटनास्थलमा तीन जनाको र उपचारका क्रममा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काकाले बताए ।
उनले मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटना भएको जानकारी दिए ।
प्रहरीका अनुसार लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रक दुर्घटना हुँदा मनाङको नासों गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेमध्ये मनाङको चामेका २८ वर्षिय राजु विक र लमजुङ मर्स्याङ्दी खोरियाखेतका २१ वर्षिय लक्ष्मण नेपालीलाई पचारका लागि लैजाँदै गर्दा लमजुङमा शनिबार बेलुकी निधन भएको थियो।
यस्तै नासों गाउँपालिका १ तालका ३ वर्षिय थियोन गुरूङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ। गम्भीर घाइते दुई जनाको उपचार जारी रहेको प्रहरीले बताएको छ ।