
बेरुजु फस्र्यौटमा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख पुरष्कृत



काठमाडौं ।
बेरुजु फस्र्यौटमा उत्कृष्ट काम गर्ने गृह मन्त्रालय अन्र्तगतका निकाय पुरस्कृत भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार पुरस्कृत गरेका छन् । नेपाल प्रहरीका आइजिपी शैलेन्द्र थापा क्षेत्री तथा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल पुरस्कृत भएका छन् ।
नेपाल प्रहरीले ९१ प्रतिशत तथा सशस्त्र प्रहरीले ६१.९२ प्रतिशत बेरुजु फस्र्यौट गरेको छ । गृह मन्त्राललयले ७६.८७ प्रतिशत बेरुजु फस्यौट गरेकोमा मन्त्रालयका कर्मचारीहरु पनि पुरस्कृत भएका छन् । गृहसचिव महेश्वर न्यौपाने पनि पुरस्कृत भएका छन् ।
जिल्ला प्रशासनतर्फ नुवाकोट, काठमाडौं र काभ्रे उत्कृष्ट भएका छन्। नुवाकोटका तत्कालिन सिडिओ द्रोण पोखरेल, काठमाडौंका जनकराज दाहाल तथा काभ्रेका श्रवण तिमल्सिना पुरस्कृत भएका छन् ।गृहमन्त्रीले पुरस्कृतहरुलाई बधाई तथा शुभकाकना दिदै बेरुजु फछ्र्यौट सुशासन, प्रशासनिक कार्य प्रणाली र देश विकाससँग जोडिएको बताए ।
