चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा एक किशोरीको मृत्यु](https://www.sauryapatra.com/wp-content/uploads/2021/03/20210323_112157.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
धनगढी ।
चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।
मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । गम्भीर घाइते सपनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।