नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघ्यो



काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयका जनाएको छ ।यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९७ रहेको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ।