एएफसी यू-१९ छनोट फुटबलमा नेपाल किर्गिस्तानसँग पराजित



१४ कात्तिक, काठमाडौं । एएफसी यू-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले घरेलु टोली किर्गिस्तानसँग दुई शून्य गोलको पराजय ब्यहोरेको छ ।
किर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोक रंगशालामा नेपालले खेल सुरु भएको २१औं मिनेटमै गोल खाएको थियो ।
नेपाली रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै घरेलु टोलीका स्ट्राइकर बोरुबाइभ गुल्झिगितले गोल गरे ।
त्यसयता नेपालले गोल गर्न सकेन । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि नेपालले खेलको अन्तिम मिनेटमा दोस्रो गोल खायो । नेपाली गोलरक्षक अर्पण कार्कीको गल्तिको फाइला उठाउँदै किर्गिस्तानका शुकोरोभ अलिमार्दोनले निणर्ायक गोल गरे ।
छनोट प्रतियोगिताको समूह ए मा नेपालसहित किर्गिस्तान, युएई, बहराईन र ओमान छन् । नेपालले समूहको आफ्नो दोस्रो खेल बिहीबार बहराइनसँग खेल्नेछ ।