खुकुरी देखाएर ६ लाख लुट्ने युवाहरु प्रहरी फन्दामा



काठमाडौं ।
बुधबार दिउँसो न्यूरोडको एक ट्राभल एण्ड टुर्स कम्पनीमा लुटपाट भइको छ । काठमाडौं महानगरपालिका– २२ खिचापोखरीस्थित प्रवेश राज भण्डारीले संचालन गरेको ग्लोबल जिपाङ ट्राभल एण्ड टुर्सबाट खुकुरी देखाएर ६ लाख लुटपाट भएको हो ।
ट्राभलका कर्मचारी दिपक मल्ललाई खुकुरी देखाई धम्काएर हात बाँधेर लुटपाट भएको हो । महानगरीय परिसर काठमाडौ र वृत्त जनसेवावाट संयुक्त प्रहरी टोलीले लुटपाटमा संलग्न ब्यक्तिहरुलाई आठ बजे पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर घर भई हाल पुरानो बानेश्वर स्थित एक होस्टलमा बस्ने दिपुन श्रेष्ठ, रुकुम सानीभेरी– ७ घर भएका तिलक रावत, कालिकोट सानी त्रिबेण गाउँपालिका नं. ३ घर भई हाल ललितपुर बालकुमारी बस्ने नबिन के.सी र उमेश के.सी. छन् ।
काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं. १६ बालाजु बाईपास स्थितमा विजय नगरकोटीको घरमा डेरा कोठा गरी बस्ने बर्ष ३१ की मञ्जु पुटुवारलाई राख्न दिईएको नगद रु ७५,०००।– समेत गरी जम्मा रकम रु .१,३४,७००।– बरामद गरेको छ ।
रकम लुटपाट गरे पश्चात लुटेको रकम मध्ये केही रकमको लत्ता कपडा, जुत्ता, झोला खरिद गरी रेष्टुरेन्टमा खाएको रकम तिरी आफु बस्ने होटलमा लुकिछिपी बसेका थिए । उनीहरु लागू औषध सेवनकर्ता रहेको र लागू औषध सेवन गर्न आएका अन्य तीन जना ब्यक्तिहरु समेत मिली लागू औषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाइएको एसपी रमेश बस्नेतले बताए ।