दाङ लमही तर्फ आउदै गरेको यात्रुवाहक वस दुर्घटना, दर्जन वढी यात्रु घाइते



दाङ ।
दाङको घोराही देखि लमही तर्फ आउदै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दर्जन बढी यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह करिब साढे पाँच बजे तिर दुर्घटना भएको हो ।
दुर्घटना भएको घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरुलाई लमही अस्पतालमा ल्याउने क्रम भैरहेको छ । घटनामा मानबिय क्षति भए नभएको बारेमा बिस्तृत जानकारी आउन बाकि रहेको प्रहरीले बताएको छ ।