नेपाल र खनाल पक्षले देशव्यापी नयाँ अभियान सुरु गर्ने



काठमाडौं ।
नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले देशव्यापी अभियान सुरु गर्ने निर्णय गरेको छ ।
माधव–झलनाथ पक्षका नेता योगेश भट्टराईले संगठन निर्माण, प्रशिक्षण, अभियान, विशेषखालका कार्यक्रम गर्ने निर्णय भएको दिए । नयाँ ढाँचाका कार्यक्रमलाई अन्तिम रुप शनिबार बस्ने स्थायी कमिटी बैठकले तय गर्ने उनले बताए ।
उनले भने, ‘राष्ट्रिय भेलाले तय गरेको देशव्यापी संगठन निर्माणको अभियान चलाउने छलफल भएको छ। त्यसका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा तयार गरिने छ। बैठकमा केही प्रस्ताव आएका छन् ।’
उनका अनुसार बैठकमा राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामा १० वटा टोलीबाट आएको सुझावलाई समेटेर तयार भएको ‘राजनीतिक प्रतिवेदन’माथि समेत छलफल भएको छ । यसलाई भोलिको बैठकले अन्तिम रुप दिने र देशभर लैजाने नेता भट्टराईले बताए ।