संखुवासभामा बस दुर्घटना हुँदा ३२ जना घाइते



संखुवासभा ।
संखुवासभामा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगरपालिका वडा नम्वर ४ को दोभानमा दुर्घटना भएको हो । बस सडकबाट करिब बीस मिटर तल पल्टिँएको छ ।
प्रहरी र स्थानीयले घाइतेको उद्दार गरेका छन् । गम्भीर घाइते १३ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । १९ जनाको चैनपुरमा उपचार भइरहेको छ ।